पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध – Nepal Press

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

बलेवा । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्ड पहिरोले अवरुद्ध भएको छ ।

शनिवार राति परेको अविरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएसँगै जिल्लाका दक्षिण क्षेत्रका सबै स्थानीय तह र छिमेकी जिल्ला पर्वत, गुल्मीसँग सडक सम्पर्क टुटेको छ । उक्त खण्डमा पहिरो खसेपछि सवारी चल्न नसकेको ट्राफिक प्रहरी प्रमुख मीनबहादुर खड्काले बताए ।

काली गण्डकी कोरिडोरको मालढुङ्गाबाट बलेवा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको उनले जानकारी दिए । बागलुङ नगरपालिकाले सडक खुलाउने प्रयास भने गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *