भुटानले नेपाललाई दियो ४० रनको लक्ष्य – Nepal Press

भुटानले नेपाललाई दियो ४० रनको लक्ष्य

काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले भुटानविरुद्ध जितका लागि ४० रनको सामान्य लक्ष्य पाएको छ ।

पुरै २० ओभर ब्याटिङ गरेकाे भुटानले ८ विकेटको क्षतिमा ३९ रन मात्रै बनाउन सक्याे ।

भुटानका लागि दिचेन वाङ्मोले २१ रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । भुटानका ४ जना खेलाडी शून्य रनमा आउट भएका थिए । दुई जनाले १-१ रन जोडे भने एक जनाले ३ रन मात्रै बनाए ।

टस जितेर पहिलो बलिङ गरेको नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् । यस्तै कविता कुँवर, रुविना क्षेत्री र खुसी डंगोलले १-१ विकेट लिए ।

नेपाल तेस्रो जितको खोजीमा रहेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो ।

भुटान पहिलो खेलमा युएईसँग पराजित भएको थियो । दोस्रो खेलमा कतारलाई हराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर