रसुवागढी नाकाबाट एक केजी सुनसहित महिला पक्राउ – Nepal Press

रसुवागढी नाकाबाट एक केजी सुनसहित महिला पक्राउ

रसुवा । अवैध रूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला शनिवार मितेरी पुलबाट पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ् रहेकी छिन् ।

जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैध रूपमा एक केजी सुन लुकाई छिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरिएको जानकारी दिए ।

सुन ल्याउने महिला बिरामी परेको देखिएकाले सुरक्षाका साथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको बताइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर