महानगरको गाडीमा बालेनपत्नीकाे सवारी, ट्राफिकले रोकेको झोकमा सिंहदरबार जलाइदिने धम्की – Nepal Press

महानगरको गाडीमा बालेनपत्नीकाे सवारी, ट्राफिकले रोकेको झोकमा सिंहदरबार जलाइदिने धम्की

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आज फेसबुकमा अराजक स्ट्याटस लेख्दै सिंहदरबार जलाइदिने धम्की दिएका छन् । उनेका यो स्ट्याटस महानगरपालिकाको सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले केही बेर रोकेको घटनासँग सम्बन्धित रहेको खुलेको छ ।

स्रोतका अनुसार आज बेलुकी भक्तपुरतिरबाट आएको गाडीलाई काेटेश्वरमा ट्राफिक प्रहरीले रोकेर कागजपत्र मागेका थिए । ड्राइभरले महानगरको गाडी भन्दै कागज देखाउन आनाकानी गरे । ट्राफिक प्रहरीले सरकारी नम्बरको गाडी शनिवार चलाउन प्रशासनको पत्र चाहिने जानकारी दिए । त्यसपछि ड्राइभरले गाडी काठमाडौँ महानगरका मेयर बालेन्द्र साहको भएको बताए ।

करिब तीन मिनेट संवादपछि फेरि शनिवार नचलाउन भन्दै प्रहरीले गाडी छोडेका थिए । स्रोतका अनुसार गाडीको पछाडि सिटमा मेयर पत्नी सवार थिइन् । गाडी यसरी रोकिएको केही बेरपछि नै बालेनकाे स्ट्याटस आएको हो ।


प्रतिक्रिया

23 thoughts on “महानगरको गाडीमा बालेनपत्नीकाे सवारी, ट्राफिकले रोकेको झोकमा सिंहदरबार जलाइदिने धम्की

  1. यिनको बोल्ने शैलीले मेयर पदको कुनै साख जोगिएको छैन। यिनलाई अन्यायनै भए कानूनी पाटो समात्न सक्छन्, कानुन भन्दा माथि प्रधानमन्त्री पनि छैन। तर यिनले लोकप्रियतावादको बलमा कानुनकै खिल्ली उडाएका छन् । काठमाडौँबासीले जनपक्षीय काम साथै कानुनको कार्यान्वयन गर्न पठाएका हुन्। राजा हुन पठाएका हैनन्! हेक्का रहोस्, लोकप्रियता सधैँ आफ्नो पक्षमा हुँदैन, ईतिहास साक्षी छ ।

    1. सहि मूल्यांकन। कानून कसैले पनि हातमा लिन पाउंदैन। झन् आगो लगाइदिञ्छु, तोडफोड गर्छु जस्ता कुरा कसैले गरेको भए त्यो दण्डनीय हुन्छ। यति त मेयर ज्यू ले बुझेकै हुनुपर्ने हो।

      1. रिसत सबैलाई उठ्छ तर उहाँ जातीको मान्छेले अलिक संयम्ता अपनाउन पर्नेहो!

  2. ट्राफिकले पैसा पनि मागेको होला । पैसा कमाउन माहिर छन् नेपालका ट्राफिक । के गर्नु टुप्पैसम्म बुझाउनुपर्छ कोटेश्वरमा खटिन । तर पनि अलि कडा नै गयो बालेनसापको !

    1. बोल्न पायो लेख्न पायो भन्दैमा जे पनि लेखिदिने

  3. ए बुढीले कुरा लाएर पो त्यत्रो गर्जन 😝😂
    चुत्थो मेयर ।
    गाँजाको तालमा स्ट्याटस हाल्न भएन मेयर जस्तो पदमा पुगेको मान्छेले ।

  4. देशको बहाल वाला प्रधानमंत्रीले सड़क बाट आन्दोलन गर्ने धम्की दिन हुन्छ भने बालेनले सिंह दरबारमा आगो लगाई दिन्छु भन्दा के बिग्रीयो त ?

  5. बालेनको अराजकता र स्वछन्दतालाई साहस नभनौं किनभने जसरी आज प्रचण्डको अराजकता र स्छन्दताबाट देश पीडित छ त्यसरी भोलि बालेनको अराजकता र स्छन्दताबाट देश पीडित हुनुपर्नेछ।
    महानगरले बालेनलाई गाडी उनको श्रीमती घुमाउनका लागि दिएको होइन। यो श्रोतसाधनको दुरूपयोग गर्ने बालेनको नियतको संकेत हो।

    1. घुमाउन लगेको होइन, सुत्केरी व्यथाले च्यापेर हो! कुरा बुझेर बोलौं!

  6. बालेनको सिंहदरबारमा आगो लगाउने भनाई अराजक हो।

  7. यो राम्रो संकेत हैन, बालेन स्वयंको लागि र हामी सबैका पनि !

  8. अराजकताको परकाष्ट सरकार लाखौंलाख मान्छे सडकमा ल्याउनेअस्थिरता मच्चाउने स्थानीय सरकार प्रमुख सिंहदरबार जलाउने तोरी नेपाली केही नबोली दास बन्ने यी प्रवृत्तिलाई जडै देखि फालौ

  9. अब बालेन नाङ्गै हिडे पनि तालि पिटनेको कमि छैन कुतर्क्को बर्को ओढाइदिने जति पनि छदैछन!

  10. बिदामा सरकारी गाडिको दुरुपयोग नहोस भनेर चलाउन नपाउने नियम भएको हुनुपर्छ । तर सरकार प्रमुख,मन्त्रीमण्डलका सदस्य हरुको हकमा यो नियम बोलेको छ, छैन ? बुझ्नु उपयुक्त हुन्छ। हामीले देखेको,भोगेको नै हो,यी पदाधिकारी बिदामा पनि बिना रोकतोड हिडेको।
    देशमा तीन सरकार छन् ,
    अब चुरोकुरो के भने, श्रीमतीले सरकारी गाडी प्रयोग गर्न पाउने,नपाउने सम्बन्धमा कानुन प्रष्टसँग बोलेको पाईदैन,तर नबोलेको कारण उनले त्यो गाडी चढ्न नपाउने भन्ने हुदैन। मात्र उनको प्रयोगले सरकार र सरकारी काममा बाधाअड्चन आउनु हुदैन,यो ब्यवहारिक कुरा हो। उनी चढिन,जुन उनले आफ्नो श्रीमान स्थानीय सरकार प्रमुख भएको कारणले चेढेकी हुन। यसमा त्यति उरन्ठ्याउलो भएर के के न भयो भन्नू बेकार नै हो। खोजौ,बुझौ र जानकारी लिऔं कि सरकारी जागिर खाने कर्मचारी,सांन्सद, मन्त्री तथा सरकार प्रमुखका श्रीमती सरकारी गाडी चढेका छैनन् ? अनुसन्धान गर्नुस् ।
    अब,
    तीन सरकारको अवधारणा अनुसार चलेको देश के सिडियोको अन्डरमा बस्छ? खोइ कानुन सन्सोधन? महानगर पालीकाले सिडियोको स्वीकृति लिनुपर्छ कि पर्दैन ?यसमा चर्चा गर्नुस नकि बालेन,बालेन पत्नी र बिदाको दिन गाडी चलाउने सम्बन्धमा ? देश सुन्दर बनाउने कुराको माग गर्दैछ,हामी नर्कमै बस्ने चाहनामा छौं ।
    बालेनको स्टाटस !
    केही आवेग ,रोष अनि तातेको मस्तिष्कले लेखिएको एउटा बिरोध हो। जुन उनको पदिय मर्यादा अनुकुल त होईन नै तर अहिलेको देशको अवस्था बारे बिचार गर्दा पा्रदेशिक कानुन,स्थानीय कानुन हरु संम्बिधान अनुकुल बनाएर काम गर्न अनुकुल वातावरण बनाउन लाग्नु पर्ने केन्द्रिय सरकार र सांसदहरु कता गयो हाम्रो पाँच करोड भन्दै अदालतलाई दागा धरेर बसेको अवस्थामा बालेनले बिद्रोहको आभाष आउने गरि लेखिएको यो स्टाटस देशको अवस्था अनुसार ठिक छ।

  11. सुत्केरी ब्यथाले च्यापेपछि ईमर्जेन्सी श्रीमतीलाई हस्पिटल लगेको गाडी ट्राफिकले रोकेर केरकार गरे तथा ड्राईभरले सबै कुरा बताउदा पनि नछोडेर अनावश्यक दुख दिएपछि बालेन शाह आक्रोशित भएका हुन । हस्पिटलमा बालेन पत्निले छोरीलाई जन्म दिएकी छिन् ।
    बधाई छ । 🙏 त मुला हावा तआल को समाचार छापेर भ्रम फेैलाउने काम नगर

  12. तितो सत्य र यथार्त चुरो कुरा, काठमाडौंका मेयर बालेन शाहा होस या रास्वपाका रबिन्द्र लामिछाने,राप्रपाका ज्ञानेन्द्र शाही किन नहोस वहाँहरु सबै जना सन १४९५-१५५६ मा नेपाल प्रवेश गरी “शरणको मरण” गर्ने तिनै अल्पसंख्यक २०% ककशियन आदिवासी जनजाती काला हिन्दु आर्यन ब्राह्मण क्षेत्री मगन्ते जोगीहरुका सन्तान सन्ततीहरु नै हुन् । तसर्थ यस्ता ब्यबहार गर्नु कुनै नयाँनौलो कुरा होईन । यदि, हाम्रो देश नेपालमा भए/गरेका बेथिती,बिकृती र हिसंगतीलाई सुधार्नु छ भने यही देशका बहुसंख्यक ८०% अहिन्दु मुलवासी (रैथाने, भुमी पुत्र,मालिक, शासक) हरुको हातमा देशको राजनितीक तालाचाबी हुन वा लिन अतीनै आवस्यकता छ । अन्यथा “शरणको मरण” गर्ने तिनै अल्पसंख्यक २०% ककशियन आदिवासी जनजाती काला हिन्दु आर्यन ब्राह्मण र क्षेत्रीहरुले सतीले सरापेका देश बनाई छाड्ने पक्का छ । बिभीन्न राष्ट्रीय तथा अन्तराष्ट्रीय मिडीया, संघ-संस्थाहरुले निकालेका रिपोर्ट अनुसार सन २०२२/२०२३ सम्ममा २२खरब भन्दा बढी श्रृणको भारी देश नेपाललाई बोकाई दिईसकेका छन् ।

    1. के चुनावमा जनजातीका छाेराछाेरी उठेका छैनन्, अवश्य उठेका छन् ! खैत, उनीहरूले चुनाव जितेकाे; चुनावमा पार्टि हेरेर जिताउने तिनै बहुसंख्यक मुलवासी आदिवासी जनजाती नै हुन् । बिना जनजातीकाे भाेटले चुनाव जित्ने एक जना नेता छ ?

  13. किन बालेन महाराजलाई नियम कानुन केही लाग्दैन…???
    के सुशासन भनेको गाँजा खाएर गफ लगाउनु मात्रै हो..???
    होइन यो जी खाँदा त मात्दैन भन्थे त….!!!

  14. बालेन शाह जस्ताे ज्ञान, साहश र ईमान्दार ? भएकै मानिसकाे अाज देशमा खाञ्चाे छ ।तर यी गुण भन्दा पहिले अाउने अरु केहि यस्ता गुण छन् जस्लाई बिर्सनाले यी गुणकाे कुनै महत्व रहद ैन ।त्याे सदैब ख्याल रहाेस ।शुभकामनन छ बालेन जि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *