अखिल नेपाल किसान महासंघ कैलालीको अध्यक्षमा जुगराम चौधरी निर्वाचित – Nepal Press

अखिल नेपाल किसान महासंघ कैलालीको अध्यक्षमा जुगराम चौधरी निर्वाचित

कैलाली । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ कैलालीको अध्यक्षमा जुगराम चौधरी निर्वाचित भएका छन् ।

धनगढीमा आज सम्पन्न ५औ अधिवेशनले चौधरीको अध्यक्षतामा ३७ सदस्यीय कमिटी निर्विरोध निर्वाचित भएको हो ।

उपाध्यक्षमा बल बहादुर चौधरी र राधा जैशी, सचिवमा ईश्वर चन्द ,उप सचिवमा ईश्वर सिंह र टंक खडका तथा कोषाध्यक्षमा पार्वती गिरि चयन भएका हुन् ।

अखिल नेपाल किसान महासंघका केन्द्रीय महासचिव बाबुराम थापाले वर्तमान सरकार किसान मारा सरकार भएको हुँदा मुलुकभरिका किसानहरूलाई अखिल नेपाल किसान महासंघमा जोडिन आव्हान गरेका थिए ।

उनले किसानका कयौँ समस्या हुँदा पनि सरकार सत्ता शक्तिमै केन्द्रित भएको बताए । देशै भरिका किसान लप्पी स्किन रोगबाट पीडित हुँदा पनि सरकारले राहत र क्षतिपूर्ती नदिएको भन्दै उनले सरकारको आलोचना गरे ।

तत्काल पीडित किसानको माग सम्बोधन नभए कडा आन्दोलन सुरु गर्ने समेत थापाले चेतावनी दिए । अन्य वक्ताहरूले पनि सरकारले किसानको समस्या समाधान गर्न पहल गर्नु पर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *