एनसीसीद्वारा मन्दिर सरसफाइ – Nepal Press

एनसीसीद्वारा मन्दिर सरसफाइ

काठमाडौं । एलआरआई स्कुल, काठमाडाैं राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजन, २०८० ब्याज र एनसीसी सिनियर डिभिजन एल्मुनाइका विद्यार्थीहरूले चन्द्रागिरि नगरपालिका—१५ तीनथानास्थित विष्णुदेवी मन्दिर परिसर सरसफाई गरेका छन् ।

मन्दिर सरसफाइ कार्यक्रमले सम्पदाहरूको संरक्षण तथा परिसरको वातावरण सफा सुग्घर राख्न सरसफाइ अभियान सञ्चालन गरिएको एलआरआई स्कुलले जनाएको छ ।

मन्दिरको सरसफाइले अरूलाई पनि सामाजिक कार्यमा सक्रिय हुन प्रेरणा दिएको विष्णुदेवी मन्दिर संरक्षण समितिका अध्यक्ष गौरीप्रसाद दवाडीले बताए ।

चन्द्रागिरि नपा–१५ का वडाध्यक्ष घनश्याम लुइँटेलले एलआरआई स्कुल र एनसीसीले सञ्चालन गरेको सरसफाइ कार्यक्रमले युवाहरूमा सामाजिक भावनाको विकास गराउन सकारात्मक सन्देश दिएको बताए ।

नेपाली सेनाका उपरथी तथा एनसीसीका महानिर्देशक सुरेश कुमार कार्कीको नेतृत्वमा रहेको एनसीसी कार्यक्रम विद्यार्थीहरूमाझ लोकप्रिय हुँदै गएको छ ।

युवाहरूमा जिम्मेवार नागरिक बनाउनका लागि चरित्र, साहस, अनुशासन, नेतृत्व विकास र निस्वार्थ सेवाको आदर्श भावनाको विकास गराउने उद्देश्यका साथ एनसीसी कार्यक्रम सञ्चालन गरिएको महानिर्देशक उपरथी कार्कीले जानकारी दिए ।

एनसीसीले विद्यार्थी लक्षित, परिवेश सुहाउँदो योजनाहरू अघि सार्दै आएको छ । एनसीसीले गत महिना देशव्यापी रूपमा वृक्षारोपण अभियान सफलता पूर्वक सम्पन्न भएको उपरथी कार्की बताउँछन् ।

सामाजिक उत्तरदायित्व अन्तरगत गरिएको सरसफाइ कार्यक्रममा नेपाली सेनाका अधिकृतहरू तथा एलआरआई स्कुलका शिक्षकहरूको समेत सहभागितामा रहेको थियो । एलआरआई स्कुल एनसीसीले विभिन्न सामाजिक कार्य गर्दै आएको स्कुलले जनाएको छ ।

युवा पुस्तामा सामाजिक चेतनाको भावना अभिवृद्धि गर्न गुणस्तरीय शिक्षा प्रदान गर्ने लगायत अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको एलआरआई स्कुलका समन्वय शिक्षक कौशल पन्तले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *