इटहरीका मुख्य राजमार्गमा सिटी सफारी प्रतिबन्ध लगाउने उपमहानगरको तयारी – Nepal Press

इटहरीका मुख्य राजमार्गमा सिटी सफारी प्रतिबन्ध लगाउने उपमहानगरको तयारी

विराटनगर । इटहरी इटहरी उपमहानगरपालिकाले आइतबारदेखि मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) चलाउन रोक लगाउने भएको छ ।

इटहरीमा अत्यधिक सिटी सफारीहरूले दुर्घटना निम्त्याएको भन्दै मुख्य हाइवेमा आइतबार देखि नै प्रतिबन्ध लगाउने निर्णय भएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए ।

बाटोमा जाम गरेको र दुर्घटना बढाएको भन्दै इटहरीका मुख्य राजमार्गमा सिटी सफारी गुड्न नदिने निर्णय गरिएको पौडेलले बताए ।

इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालय, इटहरी उपमहानगरपालिका र सफारी सञ्चालकका नेतृत्व बिच सहमति गरेर निर्णय भएको हो ।

इटहरी भित्र करिब ५ हजार सफारी सञ्चालनमा रहेको भए पनि इटहरीमा भने ११ सय सफारी मात्र दर्ता प्रक्रियामा आएको इटहरी उपमहानगरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर