चुच्चे नक्सालाई चीनले उपेक्षा गरेपछि गोकुलले भने- सम्बन्धका नाममा देश चेपुवामा रहन सक्दैन – Nepal Press

चुच्चे नक्सालाई चीनले उपेक्षा गरेपछि गोकुलले भने- सम्बन्धका नाममा देश चेपुवामा रहन सक्दैन

काठमाडौं ।नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेपालले गौरवका साथ बनाएको चुच्चे नक्सालाई चीनले उपेक्षा गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

ट्वीटरमा उनले आफ्नो धारणा राख्दै नेता बास्कोटाले सम्बन्धका नाममा स्वाभिमानी र स्वतन्त्र देश चेपुवामा रहन नसक्ने जनाएका छन् । बास्कोटाले नेपालको सार्वभौमिकताका विषयमा प्रधानमन्त्री आफै चुकेको भन्दै गम्भीर प्रश्न उठाएका छन् ।

उनले भनेका छन्–‘प्रम प्रचण्ड भारत जानुअघि भारतले नेपालका केही भूभाग समेटेर अखण्ड भारतको नक्सा ल्यायो । प्रमले भने–सम्बन्धका कारण म बोलिन।अहिले प्रमको चीन भ्रमणको मुखैमा चीनले नेपालको पछिल्लो नक्लासाई वास्तै नगरी आफ्नो नक्सा ल्यायो। के प्रम त्यहाँ पनि मौनरुसम्बन्धका नाममा चेपुवामा देश हुन सक्दैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर