स्थानीय तह र गैससबीच सुमधुर सम्बन्ध हुनुपर्छ: सिंह – Nepal Press

स्थानीय तह र गैससबीच सुमधुर सम्बन्ध हुनुपर्छ: सिंह

डोटी । जिल्ला समन्व्य समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले स्थानीय तह र गैरसरकारी संस्थाहरुबीच सुमधुर सम्बन्ध हुनुपर्ने बताएका छन् ।

समान पहुँच विकास केन्द्र (सिड) नेपाल नामक गैरसरकारी संस्थाको सामाजिक परीक्षण कार्यक्रममा बोल्दै प्रमुख सिंहले यस्तो बताएका हुन् ।उनले गैससहरुसँग सामाजिक विकासको क्षेत्रमा लामो अनुभव रहेकाले स्थानीय तहहरुले उनीहरुसँग भएको अनुभव उपयोग गर्न सक्नुपर्ने बताए ।

“गैरसरकारी संस्थाहरुले जनताको क्षमता विकास र आयआर्जन सीपमा महत्वपूर्ण योगदान दिएका छन्”,सिंहले भने ‘गैससहरुले केही रोजगारी पनि सिर्जना गरेका छन्, यो महत्वपूर्ण योगदान हो ।’

सिड नेपालले सामाजिक क्रियाकलापहरुको प्रशंसा गर्दै उनले सिडले कार्यक्षेत्र बिस्तार गर्नुपर्ने सुझाव दिए । उनले भने ‘स्थानीय तह र गैससहरु एकअर्काका परिपुरक हुन्, स्थानीय तहको योजनामा गैससहरुले सहयोग गर्ने भएकाले सो वातावरण बनाउनु स्थानीय तहको जिम्मेवारी हो ।’

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख स्मृति चुनाराले स्थानीय तहहरुले सामाजिक परीक्षण गर्ने नगरेको बताइन् । ‘कानून अनुसार सवै सार्वजनिक निकायहरुले अनिवार्य रुपमा सामाजिक परीक्षण गर्नु पर्ने व्यवस्था भएपनि स्थानीय तहहरुले सामाजिक परीक्षण गरेको देख्न पाइएन’, उपप्रमुख चुनाराले भनिन् ‘आफुले कानूननको पालना नगर्ने तर अरुलाई कानूनको पालना गरेन भनेर आरोप लगाएर मात्रै हुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *