हेटौंडामा नक्कली नोटसहित तीनजना पक्राउ – Nepal Press

हेटौंडामा नक्कली नोटसहित तीनजना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले नक्कली नोटसहित तीनजनालाई पक्राउ गरेको छ ।

बिहीबार विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगर-१५ स्थित चुरियामाई मन्दिर क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयमकवानापुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेहरुमा रौतहट कटहरिया नगरपालिका-६ का १९ वर्षीय धर्मेन्द्र महरा र कटहरिया-१ बस्ने २१ वर्षीय दिपेश दास रहेका छन् । उनीहरुलाई चेकजाँच गर्दा महराको साथबाट नेपाली नक्कली रुपैयाँ एक हजारको दरले ९५ थान फेला पारेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान तथा सोधपुछ गर्नेक्रममा उनीहरुले मकवानपुरको राक्सिराङ गाउँपालिका-२ बस्ने ४० वर्षीय विजय तामाङबाट उक्त नोट ल्याएको बताएपछि अनुसन्धानको लागि विजयलाई पनि नियन्त्रणमा लिइएको डिएसपी कार्कीले बताए ।

पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *