माओवादी अभियानकाे लक्ष्य- २५ लाख मतदातासँग प्रत्यक्ष भेट्ने, ८ लाख सदस्यता पुर्‍याउने – Nepal Press

माओवादी अभियानकाे लक्ष्य- २५ लाख मतदातासँग प्रत्यक्ष भेट्ने, ८ लाख सदस्यता पुर्‍याउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले भोलिबाट सुरु हुने तीन महिने अभियानमार्फत् कम्तिमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने लक्ष्य बनाएको छ ।

नेकपा माओवादी केन्द्रका अक्ष्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने जनतासँग माओवादी अभियानअन्र्तगत जनतालाई प्रत्यक्ष भेटेर सरकारले सुशासन, सदृद्धि र सामाजिक न्यायका क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराउने प्रवक्ता अग्निप्रसाद साकोटाले बताए ।

उनले नवीकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पुर्याउने लक्ष्य लिएको बताए । अभियानको क्रममा माओवादीका नेता कार्यकर्ता जनताको कुरा सुन्न प्रत्येक घरघरमा जाने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर