उपप्रधानमन्त्री खड्काको स्वास्थ्य स्थिति बुझ्न अस्पताल पुगे गगन-विश्व – Nepal Press

उपप्रधानमन्त्री खड्काको स्वास्थ्य स्थिति बुझ्न अस्पताल पुगे गगन-विश्व

काठमाडौं । कांग्रेस उपसभापति समेत रहेका रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे बुझ्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अस्पताल पुगेका छन् ।

महामन्त्रीद्वयले छाउनीस्थित सैनिक अस्पतालमा उपचारारत खड्कालाई भेटे स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

बुधबार भर्ना भएका मन्त्री खड्काको प्रोस्टेटको शल्यक्रिया गरिएको छ । उनलाई भेट्न हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि अस्पताल पुगेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *