माओवादीले भन्यो- प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नयाँ नक्साबारे कुरा हुन्छ – Nepal Press

माओवादीले भन्यो- प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नयाँ नक्साबारे कुरा हुन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रले चीनले हालै जारी गरेको नक्साको विषयमा प्रधानमन्त्रीको चीन भ्रमणको बेलामा कुरा हुने जनाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन् ।

उनले भने, ‘चीनले जारी गरेको नक्सामा किन महत्वपूर्ण विषयलाई समेटिएन भन्नेबारेमा कूटनीतिक माध्यमबाट कुरा हुन्छ । मैले बुझ्दा पहिलाको सरकारले जानकारी गराइसकेको भन्ने छ । त्यसैले अहिले कूटनीतिक माध्यमबाट पहल बढाउनुपर्छ । प्रधानमन्त्री चीन भ्रमणको बेलामा कुरा हुन्छ । त्यसबारे सरकार प्रस्ट हुँदै जनतालाई पनि प्रस्ट पार्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर