२ घन्टा ढिलो गरी सुरु भयो समाजवादी मोर्चाको सन्देशसभा – Nepal Press

२ घन्टा ढिलो गरी सुरु भयो समाजवादी मोर्चाको सन्देशसभा

पोखरा । पोखरामा निर्धारित समयभन्दा २ घन्टा ढिलो गरी समाजवादी मोर्चाको सन्देशसभा सुरु भएको छ । सभा मध्याह्न १२ बजे सुरु हुने तालिका थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका अतिथि आउन ढिलो भएपछि कार्यक्रम २ घण्टा ढिलो धकेलिएको हो ।

प्रधानमन्त्री प्रचण्डसहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सभालाई सम्बोधनख गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर