खतिवडाले हेर्न नमानेपछि भएन कोशी सरकारविरुद्धको पूर्ण सुनुवाइ – Nepal Press

खतिवडाले हेर्न नमानेपछि भएन कोशी सरकारविरुद्धको पूर्ण सुनुवाइ

विराटनगर । कोशी प्रदेश सरकारविरुद्धको रिटउपर अन्तिम सुनुवाइ आज नहुने भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले हेर्न नमानेपछि सुनुवाइ सरेको हो । यसअघि प्रारम्भिक सुनुवाइमा पनि खतिवडा रहेकाले आफू पूर्णसुनुवाइमा रहेर उक्त रिट हेर्न नहुने निर्णयमा उनी पुगेका थिए ।

पूर्ण सुनुवाइको लागि आज न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा उक्त रिट परेको थियो ।

सभा चलाइरहेका इस्राइल मन्सुरीको मत लिएर मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत जुटाएको घोषणा गरेपछि एमाले सर्वोच्च गएको थियो ।

भदौ ६ गते प्रारम्भिक सुनुवाइको क्रममा न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सर्वोच्चले सभाध्यक्षको मत संविधानसम्मत् नभएको भनेको थियो । सँगै दीर्घकालीन प्रभाव पर्ने काम र निर्णय नगर्न अन्तरिम आदेश जारी गरिएको थियो ।

आज खतिवडाकै इजलासमा परेकाले मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर