सन्ध्याकालीन मुहारमा ग्रेट वाल (तस्बिरहरू) – Nepal Press

सन्ध्याकालीन मुहारमा ग्रेट वाल (तस्बिरहरू)

बेइजिङ । चीनलाई चिन्ने विश्वको लोकप्रिय बिम्ब हो ग्रेट वाल । संसारका सात आश्चार्यदेखि युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छ ग्रेट वाल ।

ग्रेट वाल सन १९८७ मा युनेस्कोमा सूचीकृत भएको थियो । सिन्ह्वाको समाचारमा उल्लेख गरिएको चीनको सरकारी मापन अनुसार ग्रेट वालको लम्बाइ २११९६.१८ किलोमिटर छ । यो भनेको नेपालको पूर्वपश्चिम लम्बाइ (८८५ किलोमिटर) भन्दा झन्डै २४ गुणा बढि लामो हो ।

यत्रो भीमकाय संरचना बनाएर सक्न पनि झन्डै दुई हजार वर्ष हाराहारी लागेको थियो । युनेस्कोको अनुसार इसा पूर्व २२० बाट बनाउन सुरु गरेर सत्रौँ शताब्दीसम्म जारी भएको थियो ।

चीनका विभिन्न वंशहरूको उत्तरी सीमा रक्षा कवचको रूपमा विकास भएको ग्रेट वाल अहिले चीनको सीमा भौगोलिक होइन पर्यटकीय सम्पदाको सीमा रक्षक जस्तै भएको छ ।

ग्रेट वालमा प्राय खिचिएका तस्बिरहरू उज्यालोका देखिन्छन् । नेपाल प्रेसको यो तस्बिर श्रृंखलामा भने चीनको राजधानी बेइजिङको पातालिङ भन्ने क्षेत्रको ग्रेट वालको सन्ध्याकालीन मुहार प्रस्तुत गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *