पोखरामा शुक्रबार समाजवादी मोर्चाको सन्देशसभा – Nepal Press

पोखरामा शुक्रबार समाजवादी मोर्चाको सन्देशसभा

पोखरा । समाजवादी मोर्चा नेपालले शुक्रबार पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्दैछ । पोखरा सभागृहमा हुने सभामा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत मोर्चामा आबद्ध दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यसैबीच हरेक दलबाट तीनतीन जना प्रतिनिधि हुनेगरी मोर्चाको गण्डकी प्रदेशको संयोजन समिति गठन भएको छ । समितिमा माओवादी केन्द्रबाट गायत्री गुरुङ, ज्ञामनाथ गैरे र जगन्नाथ खनाल, एकीकृत समाजवादीबाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल र प्रतापलाल श्रेष्ठ, जनता समाजवादी पार्टीबाट गोपाल गुरुङ, निर्मल जिसी र रमेश नेपाली तथा नेपाल कम्युनिष्ट पार्टीबाट राजन सी, दीपा सी र काजी सी छन् ।

अध्यक्षता आलोपालो हुने समितिको पहिलो चरणमा माओवादीकी गायत्री गुरुङले अध्यक्षता गर्नेछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर