किन साह्रै मलिन देखिए कप्तान रोहित ? – Nepal Press

किन साह्रै मलिन देखिए कप्तान रोहित ?

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतसँग हुने खेलका लागि नेपाली टोली श्रीलंका उत्रँदा बिहीबार त्यहाँको सांस्कृतिक प्रस्तुतिमार्फत स्वागत गरिएको थियो । श्रीलंकामा नेपाली टोली आइपुग्दाका तस्विरहरु सामाजिक सञ्जालमा राखिएका छन् ।

त्यसमध्ये नेपाली टोलीका कप्तान रोहित पौडेलमात्र रहेको तस्विरले धेरैको ध्यान तान्छ । यतिबेला उक्त तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । खासगरी नेपाली क्रिकेट समर्थकले उनीप्रति सहानुभूति दर्शाइरहेका छन् । त्यस तस्विरमा रोहित निकै ‘हतोत्साही’ देखिन्छन् ।

पहिलो खेलमा पाकिस्तानसँग २३८ रनले पराजित भएको १२ घण्टा पनि नबित्दै नेपाली टोली श्रीलंकाका लागि उडेको थियो । त्यस खेलमा रोहित पहिलो बलमै आउट भएका थिए । पहिला ब्याटिङ गरेको पाकिस्तानले ३४२ रनको विशाल योगफल तयार गरेको थियो ।

नेपालले अब सोमबार भारतसँग खेल्दैछ । यसअघि भारत र पाकिस्तानसँग खेल्न उत्साही देखिएको नेपाली टोली श्रीलंकामा उत्रँदा रोहितमा मात्र होइन, अधिकांश खेलाडी थकित र मलिन देखिएका छन् ।

यसअघि प्रतियोगिता सुरु हुनुभन्दा अगाडि कप्तान रोहितले नेपालले प्रतिस्पर्धात्मक चुनौती पेश गर्ने बताएका थिए ।


प्रतिक्रिया

2 thoughts on “किन साह्रै मलिन देखिए कप्तान रोहित ?

  1. Hi, Veer Gorkhe Kelariharu! Asia Cupma chhanot hunu ithashic kuru ho. Badai xa!
    You are playing against those who have a long history of the game. Our history is very short. The win/loss of the game is not very significant but how much you play with dedication and learn is very significant. This is not the end. Infact, it is beginning of Nepali Cricket at International Level. Keep playing good cricket and keep learning. All the best! 👍

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर