दुई थान कटुवा पेस्तोलसहित भक्तपुरबाट एक जना पक्राउ – Nepal Press

दुई थान कटुवा पेस्तोलसहित भक्तपुरबाट एक जना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका- १ लोकन्थलीबाट कटुवा पेस्तोल २ थान र सोही पेस्तोलको गोली १ राउण्डसहित उदयपुर बलैया नगरपालिका- ५ घर भई हाल भक्तपुर लोकन्थली बस्ने ४० वर्षीय जंगे माझीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल र गोलीसहित फेला पारी पक्राउ गरेको हो । उनले प्रयोग गरेको बा ४३ प ९००० नम्बरको स्कुटरमा प्रहरीले पेस्तोल र गोली बरामद गरेको छ ।

प्रहरीले जाँच गर्ने क्रममा हाल फरार माझीसँगै रहेका ३० वर्षीय अश्विन दाहालको खोजी गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *