डोटीको सिलगढीमा गाइजात्रा (तस्बिरहरु\भिडिओ) – Nepal Press

डोटीको सिलगढीमा गाइजात्रा (तस्बिरहरु\भिडिओ)

डोटी । डोटीको सदरमुकाम सिलगढीमा बिहीबार धुमधामका साथ गाइजात्रा मनाइएको छ । परम्परादेखि नै देशैभर तथा नेवार जातिको बसोबास भएको ठाउमा सांस्कृतिक एवं परम्परागत पर्व मानिने गर्दछ । एक वर्षभित्र ज्यान गुमाएका आफ्ना परिवारका सदस्यको सम्झनामा प्रतिकात्मक अभिव्यक्ति स्वरुप मानिसलाई गाईको रुपमा वा गाईलाई नै सिंगारेर नगर परिक्रमा गराइन्छ ।

नेवार जातिका सिलगढी डोटीका अगुवा गोविन्द श्रेष्ठले भने, ‘हामीले यो पर्व परम्परादेखि नै मनाउदै आएका छौं । हाम्रो जातिमा बर्षदिन भित्र ज्यान गुमाएकाहरुको सम्झनामा प्रतिकात्मक अभिव्यक्ति स्वरुप मानिसलाई गाईको रुपमा वा गाईलाई नै सिंगारेर नगर परिक्रमा गराईन्छ ।’

गाईको पुच्छर समातेर वैतरणी नदी पार गरिने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउँदै आएको श्रेष्ठको धारणा छ ।

मल्ल राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाएर सान्त्वना दिन मानिस मरेका घरघरबाट गाईजात्रा निकाल्ने व्यवस्था मिलाई राजदरबारको प्राङ्गणमा जम्मा गराएर रानीलाई देखाएका थिए ।

त्यतिले पनि मन शान्त हुन नसक्दा शोकहरण गर्न हँसाउने कार्यक्रमको आयोजनाका लागि राजआज्ञा जारी गरिएको थियो । त्यति बेलादेखि नै गाईजात्राको चलन शुरु भएको मानिन्छ । हिजोआज सामाजिक विकृति, कुरीति र प्रशासनिक कमजोरीलाई लक्षित गरेर व्यङ्गयात्मक शैलीमा आलोचना गर्दै हास्यव्यङ्ग कार्यक्रम गर्ने प्रचलन पनि हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर