सञ्चय कोषको ऋण नतिरेपछि सुधीर बस्नेतको कोहिनुर हिल्स लिलामीमा राखियो – Nepal Press

सञ्चय कोषको ऋण नतिरेपछि सुधीर बस्नेतको कोहिनुर हिल्स लिलामीमा राखियो

काठमाडौं । सञ्चय कोषले सुधीर बस्नेतको कोहिनुर हिल्स हाउजिङ प्रालिलाई लिलामीमा राखेको छ । कोहिनुर हिल्स हाउसिजङको नाममा लिएको ऋण नतिरेपछि ललितपुरको इमाडोल वडा नं. ४ स्थित कोषको नाममा दृष्टिबन्धक रहेको जग्गा र भवन लिलामीमा बिक्री खुला गरेको हो ।

बारम्बार ताकेता गर्दा पनि ऋण नतिरेपछि सञ्चय कोषले कोहिनुरको जग्गा र निर्माणाधीन भवनहरू बेचेर ऋण असुली गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । इमाडोलमा १० रोपनी ९ आना २ दाम जग्गा र त्यसमा निर्माणाधीन आवासीय भवन लिलामीमा बिक्रि गर्न कोषले प्रक्रिया अघि बढाएको हो ।

जग्गा तथा निर्माणाधीन भवन खरिदका लागि कोषले ३५ दिनभित्र बोलपत्र पेस गर्न भनेको छ । बोलपत्र स्वीकृत भएको ३० दिनभित्र सबै रकम कोषमा बुझाइसक्नुपर्ने छ । यद्यपी, कोहिनुरका सञ्चालक सुधीर बस्नेतले ३५ दिनभित्र ऋण चुक्ता गरे लिलामी प्रक्रिया अन्त्य गर्ने कोषले स्पष्ट पारेको छ। कोहिनुरले २३ करोड ७० लाख रुपैयाँमात्र ऋण लिएको थियो तर समयमै नतिर्दा उसको साँवा र ब्याजसमेत गरी १ अर्ब रुपैयाँ पुगेको कोषले जनाएको छ ।

यसबाहेक नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको छुट्टै ऋण लगानी छ । यस अघि पनि २०७९ माघ मा कोहिनुरलाई लिलामिमा राखिएको थियो तर बस्नेत ऋण तिर्छ भन्दै आएपछि प्रक्रिा स्थगत गरिएको थियो । तर त्यसपछि पनि उनी ऋण तिर्न अग्रसर नभएपछि लिलामि प्रक्रिया अघि बढाइएको हो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर