दीपेन्द्र पनि आउट, १०० रन नपुग्दै ८ विकेट – Nepal Press

दीपेन्द्र पनि आउट, १०० रन नपुग्दै ८ विकेट

काठमाडौं । एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध ३४३ रनको लक्ष्य पछ्याएको नेपालले आठौं विकेट गुमाएको छ । नेपालले २१ ओभरमा ८ विकेट गुमाएर ९१ रन जोडेको छ । नेपालले छैटौँ विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको छ ।

मोहम्मद नवाजले आफ्नो पहिलो ओभरमै दीपेन्द्रलाई बोल्ड गरे। दीपेन्द्रले ३ रन मात्र जोड्न सके । नेपालका सोमपाल कामीले २८ र आरिफ शेखले २७ रन बनाउन सके। यी दुईले चौथो विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए । नेपालले ७२ रन जोड्दा ह्यारिस रौफले आरिफलाई आउट गर्दै उक्त साझेदारी तोडे ।

त्यसपछि रौफकै बलमा सोमपाल आउट भए। नेपालले १४ रनमै ३ विकेट गुमाएको थियो । कुशल भुर्तेल ८ र आसिफ शेख ५ रनमा आउट भए भने कप्तान रोहित पौडेलले खाता खोल्न सकेनन् । पाकिस्तानका रौफ र साहिन शाह अफ्रिदीले २/२ र नसिम शाहले एक विकेट लिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर