आरिफ आउट भएसँगै तोडियो ५९ रनको साझेदारी – Nepal Press

आरिफ आउट भएसँगै तोडियो ५९ रनको साझेदारी

काठमाडौं । एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध ३४३ रनको लक्ष्य पछ्याएको नेपालले चौथो विकेट गुमाएको छ । ह्यारिस रौफले चौथो विकेटका आरिफ शेखलाई क्लिन बोल्ड गरे ।

नेपालले १६ ओभरमा ४ विकेट गुमाएर ८२ रन जोडेको छ। त्यसअघि आरिफ र सोमपाल कामीबीच चौथो विकेटका लागि ५९ रनको साझेदारी भएको थियो। आरिफले २६ रन बनाए। सोमपाल २८ रनमा खेल्दैछन् ।

नेपालले १४ रनमै ३ विकेट गुमाएको थियो। कुशल भुर्तेल ८ र आसिफ शेख ५ रनमा आउट भए भने कप्तान रोहित पौडेलले खाता खोल्न सकेनन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर