नेपालविरुद्ध बाबर आजमको १५० रन पूरा, एक दिवसीयमा दोस्रो ठूलो स्कोर – Nepal Press

नेपालविरुद्ध बाबर आजमको १५० रन पूरा, एक दिवसीयमा दोस्रो ठूलो स्कोर

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानले नेपालविरुद्ध ३३० रन पुरा गरेको छ ।

पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाएर ३३० रन जोडेको छ । कप्तान बाबर आजम १५० रन कटाएका छन् । इफ्तिखर अहमदले ७६ रनमा खेलिरहेका छन् । यी दुई ब्याट्सम्यानले पाचौँ विकेटका लागि एक सय ७७ रनको साझेदारी गरेका छन् ।

नेपालविरुद्धको म्याचमा पाकिस्तानी कपतान बाबर आजमले १५० रन पूरा गरेका छन् । उनको यो एकदिवसीयमा दोस्रो ठूलो स्कोर हो ।

प्रतिस्पर्धात्मरुपमा सुरु भएको खेललाई बाबरले आफ्नो नियन्त्रणमा लिए । पाकिस्तान विशाल स्कोरतर्फ लम्केको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर