विप्लवको आरोप- नेपालका विग मिडियाहरुले एमसीसीबाट घुस खाएर मुखमा बुझो लाएका छन् – Nepal Press

विप्लवको आरोप- नेपालका विग मिडियाहरुले एमसीसीबाट घुस खाएर मुखमा बुझो लाएका छन्

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा कम्युनिष्ट र समाजवादी आन्दोलनलाई समाप्त पार्ने प्रयास भइरहेको बताएका छन् ।

एमसीसी कार्यान्वयनविरुद्ध आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘नेपाललाई युक्रेनमा धकेल्ने ध्वंश बनाएर नेपालको प्राकृतिक सम्पदालाई कब्जा गर्ने षड्यन्त्र हुँदैछ । त्यसैले हामी सबैले हेक्का राख्नुपर्छ । अहिले कुनै पार्टी, जातीमाथि उठेर सोच्नुपर्ने बेला आइसकेको छ। योे अभियान रोकिँदैन ।’

उनले देशलाई साम्राज्यवादीहरुको कब्जामा पर्न नदिने बताए। जनतामा निराशा फैलाएर अनेक षड्यन्त्र बुन्ने प्रयास भइरहेको उनको भनाइ छ ।

उनले भने, ‘हामी लडिरहेका छौं । तर, ठूला भनिएका विग मिडियाहरु एमसिसीको घुस खाएर मुखमा बुझो लाएर बसेका छन् । हामी देख्दैनौं । किन बोल्दैनन् तिनीहरु ? देशको लागि बोल्दैनन् भने के हुन् ती मिडियाहरु ? दलालका अनुशरणमा जस्तोसुकै लेख ।’

 


प्रतिक्रिया

One thought on “विप्लवको आरोप- नेपालका विग मिडियाहरुले एमसीसीबाट घुस खाएर मुखमा बुझो लाएका छन्

  1. नेपाली विग मिडियाहरू विदेशीका दलाल त हुन् नै । ती भ्रष्ट र कमाउ पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर