स्वास्थ्य सेवा विभाग महानिर्देशकमा मिश्र र कान्ति बाल अस्पतालको निर्देशकमा राय नियुक्त – Nepal Press

स्वास्थ्य सेवा विभाग महानिर्देशकमा मिश्र र कान्ति बाल अस्पतालको निर्देशकमा राय नियुक्त

काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.संगिता कौशल मिश्र नियुक्त भएकी छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रिस्तरीय निर्णय गर्दै उनलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

डा. मिश्र स्वास्थ्य मन्त्रालयमा १२ औं तह एवम अतिरिक्त स्वास्थ्य सचिवको जिम्मेवारीमा थिइन् । विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका १२ औँ तहका कर्मचारी एवम अतिरिक्त स्वास्थ्य सचिव डा.दिपेन्द्ररमण सिंह मन्त्रालय तानिएका छन् ।

मन्त्रीस्तरीय निर्णयबाटै कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी डा.पंकज रायलाई दिइएको छ । राय कान्तिकै ११ औ तहका चिकित्सक हुन् । यसअधि कान्तिको निर्देशकमा डा.युवानिधि बसौला रहेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *