निजीकरण समितिमा माओवादीका सापकोटा र कांग्रेसका केसी मनोनीत, यस्ता छन् सरकारका निर्णयहरु – Nepal Press

निजीकरण समितिमा माओवादीका सापकोटा र कांग्रेसका केसी मनोनीत, यस्ता छन् सरकारका निर्णयहरु

सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको म्याद भदौ २६ गतेसम्मका लागि थपियो

काठमाडौं । निजीकरण समितिको सदस्यमा नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटा र नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी मनोनीत भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरु दुवैजना सांसदलाई निजीकरण ऐन, २०५० बमाोजिम प्रतिनिधिसभा सदस्य रहेका उनीहरुलाई मनोनित गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानको निजीकरण गर्ने कार्यलाई व्यवस्थित रुपमा सञ्चालन गर्न अर्थमन्त्री डा.प्रकाशशरण महतको अध्यक्षतामा निजीकरण समिति रहेको छ । समितिको दुईजना सदस्य सरकारले मनोनीत गर्न पाउने निजीकरण ऐन, २०५१ मा व्यवस्था रहेको छ ।

बैठकले सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० को म्याद गत साउन २६ गतेदेखि लागू हुनेगरी एक महिना थप गर्ने निर्णय भएको सरकार प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराएकी हुन् । उनका अनुसार अब सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० को म्याद म्याद भदौ २६ गतेसम्म कायृम भएको छ ।

बैठकले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृती दिने, विपी कोइराला मेमोरियल प्लानेटोरिय तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिको कार्यकारी निर्देशकमा डा.सनतकुमार शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्री शर्माका अनुसार बैठकले भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तरगत सञ्चालन हुने आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्न आर्थिक वर्ष २०८०–०८१ का लागि ३८ जना राजपत्रांकित अधिकृतस्तरका अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर