उपेन्द्र यादवको आईडी बनाएर अश्लील फोटो अपलोड, कारबाहीको माग गर्दै साइबर ब्युरोमा उजुरी – Nepal Press

उपेन्द्र यादवको आईडी बनाएर अश्लील फोटो अपलोड, कारबाहीको माग गर्दै साइबर ब्युरोमा उजुरी

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको फेक आईडी बनाएर अश्लील फोटो अपलोड गर्नेलाई कारबाहीको माग गर्दै पार्टीले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ ।

आज बिहान यादवको नाम र तस्बिर प्रयोग गरी अपरिचित युवतीको अश्लील तस्बिरहरू अपलोड गरिएको थियो । उक्त सामग्रीबाट यादवको चरित्र हत्या गरी बदनाम गर्ने दुस्प्रयासस्वरूप सार्वजनिक गरिएको भन्दै दोषीमाथि यथाशीघ्र कारबाही प्रक्रिया अघि बढाउन आईडीको यूआरएल र अपलोड गरिएका तस्बिरको स्क्रिनसटसहित निवेदन दिइएको निजी सचिव महेश चौरासियाले बताए ।

यादवको भेरिफाइड फेसबुक पेज भने नियमित सञ्चालनमा रहेको उनले बताए ।


प्रतिक्रिया

One thought on “उपेन्द्र यादवको आईडी बनाएर अश्लील फोटो अपलोड, कारबाहीको माग गर्दै साइबर ब्युरोमा उजुरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *