यस्तो छ पाकिस्तानविरुद्ध उत्रने नेपाली टोली – Nepal Press

यस्तो छ पाकिस्तानविरुद्ध उत्रने नेपाली टोली

काठमाडौं। एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध नेपालको प्लेइङ-११ सार्वजनिक भएको छ।

पाकिस्तानको मुल्तानमा नेपाली समयअनुसार सवा ३ बजे सुरु हुने खेलका लागि नेपाली टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, करन केसी, सन्दीप लामिछाने, सोमपाल कामी, गुल्सन झा र ललित नारायण राजबंशी रहेका छन्।

नेपालले पहिलोपटक एसिया कप खेल्न लागेको हो। एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानसँग पनि नेपालको यो पहिलो प्रतिस्पर्धा हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर