नेपाल र पाकिस्तानबीचको क्रिकेट हेर्न जनकपुरमा २ बजेपछि विद्यालय बन्द – Nepal Press

नेपाल र पाकिस्तानबीचको क्रिकेट हेर्न जनकपुरमा २ बजेपछि विद्यालय बन्द

काठमाडौं । एसिया कप क्रिकेट हेर्नका लागि धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि विद्यालय बिदा दिएको छ।

उपमहानगरपालिकाले  एसिया कप अन्तर्गत नेपाल र पाकिस्तानबीचको क्रिकेट हेर्नका लागि सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई २ बजेपछि बिदा दिएको हो ।

नेपाली खेलाडीको हौसला बढाउन र विद्यार्थीहरुमा खेलप्रति ऊर्जावान भावना जागृत गराउन विद्यालय बिदा दिइएको उपमहानगरपालिकाले बताएको छ ।आज नेपाली समय अनुसार सवा ३ बजेदेखि नेपाल र पाकिस्तानबीच खेल हुँदैछ ।

उपमहानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ,‘सीमित साधन स्रोतको बलमा पनि नेपाली क्रिकेट टिम एसिया कपमा सहभागिता जनाउनु तथा भारत र पाकिस्तान जस्ता शक्तिशाली टिमका साथ प्रतिस्पर्धा गर्नु सम्पूर्ण नेपालीहरुको निम्ति ठुलो गौरवको कुरा भएको हुनाले आज पाकिस्तानसँग एसिया कपको पहिलो खेल ३स्०० बजेदेखि खेलिने भएकोले हाम्रो गौरवालित टिमको हौसला बढाउन र विद्यार्थीहरुमा खेल प्रति उर्जावान भावना जागृत गराउनका निम्ति आज २ बजे पछि कुनै पनि कक्षा संचालन नगरी बिदा गरिदिनहुन आदेशानुसार अनुरोध छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *