बैतडीको पन्चेश्वरमा भान्सामै सर्पले टोकेपछि झारफुक गर्दा महिलाको मृत्यु – Nepal Press

बैतडीको पन्चेश्वरमा भान्सामै सर्पले टोकेपछि झारफुक गर्दा महिलाको मृत्यु

बैतडी । बैतडीमा सर्पका टोकाइबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटालको सर्पको टोइकाबाट मृत्यु भएको हो ।

मंगलबार राती साढे ७ बजेको समयमा खाना बनाउने क्रममा भान्साकोठामै सर्पले टोकेर गम्भिर घाइते भएकी घटालको राति १२ बजे मृत्यु भएको स्थानीय एवं पञ्चेश्वर स्वास्थ्य चौकीका इन्चार्ज सुरेश सार्कीले जानकारी दिए ।

सर्पले टोकेर घाइते भएकी घटाललाई झारफुक गर्न बैद्यलाई बोलाइएको थियो । तर झारफुक गरेपछि केहि समय निको भएको महसुस भएको र राती १२ बजेको समयमा मृत्यु भएको स्थानीय एवं स्वास्थ्य स्वयमसेविका पानमती घटालले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *