बेलडाँडीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, हुलाकी राजमार्ग अवरुद्ध – Nepal Press

बेलडाँडीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, हुलाकी राजमार्ग अवरुद्ध

कैलाली । कञ्चनपुरको बेलडाँडीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

बेलडाँडी गाउँपालिका–१ को हुलाकी राजमार्गमा सुपप्र ०२००३ प ७२११ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा सोही ठाउँ बस्ने २६ वर्षीय सुनिल सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रमुख प्रहरी निरीक्षक कृष्ण कुवरले जानकारी दिए ।

सार्कीले चलाएको मोटरसाइकल हुलाकी सडकमा रहेको खाल्डोमा परेर अनियन्त्रित भएर दुर्घटनामा परेको हो। दुर्घटनामा गम्भीर घाइते भएका सार्कीको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

बेलडाँडी–१ का स्थानीयले आज हुलाकी राजमार्ग अवरुद्ध गरेका छन्। ठेकेदारको लापरबाहीले ज्यान गएको भन्दै स्थानीयले बिहानैदेखि हुलाकी राजमार्ग अवरुद्ध गरेका हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *