पहिरोले जीप पुरिँदा मृत्यु भएका प्रहरी हवल्दारसहित तीनै जनाको सनाखत – Nepal Press

पहिरोले जीप पुरिँदा मृत्यु भएका प्रहरी हवल्दारसहित तीनै जनाको सनाखत

रूपन्देही । बुधबार बिहान पाल्पाको जोर्तेमा पहिरोले स्कारपियो पुरिँदा मृत्यु भएका प्रहरी हवल्दारसहित तीनै जनाको सनाखत भएको छ। घाइते ८ जनाको उपचार भइरहेको छ ।

रिव्दिकोट गाउँपालिका वडा नंं २ जोर्तेमा ढुङ्गासहितको पहिरोमा लु १ ज ४६०० नम्वरको स्कारपियो गाडी पुरिँदा ३ जनाको घटनास्थमै मृत्यु भएको हो भने ८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका वडा नंं ७ की ५० बर्षीया मनाकला चुदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत तानसेन पाल्पाका प्रहरी सहायक हवल्दार बर्ष ३२ का यम बहादुर गोदार र पोखरा महानगरपालिका वडा नंं २५ का विनोद तिम्सिना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले जनाएका छन् । ढुङ्गासहितको सुख्खा पहिरोले स्कारपियोको पछाडिको भाग क्षत विक्षत भएको छ मृतकहरु समेत पुर्ण रुपमा किचिएका थिए।

तम्घासबाट बुटवलतर्फ आउँदै गरेको जिप विहान सवा ८ बजेको समयमा पाल्पाको पहिरोमा पुरिएको हो। घाइते भएका ८ जनाको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको र घाइतेमध्ये एक जनाबाहेक अन्य ७ जनाको अवस्था समान्य रहेको पाल्पा प्रहरीले जनाएको छ।

दुर्घटनास्थलमा डिभिजन सडक कार्यालय पाल्पाले राती १० बजेदेखि विहान ४ बजे सम्म सडक बन्द गरी स्तरउन्नति गर्दै आएको छ । बाटो बढाउँदा खन्न थालिएको ठाउँमा माथिबाट पहिरो खसेको स्थानीयले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *