माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने – Nepal Press

माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको (२०७९/८०) नाफाबाट १४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकले १३.३० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । यस अघि (२०७८/७९) मा बैंकले शेयरधनीको हात खाली गराएको थियो ।

बैंकमध्ये सबैभन्दा पहिला लाभांश प्रस्ताव गर्ने बैंक माछापुच्छ्रे बैंक बनेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा माछापुच्छ्रे बैंकको खुद नाफा ९.७५ प्रतिशतले बढेर १ अर्ब ८५ करोड ११ लाख ५६ हजार रुपैयाँ पुर्‍याएको थियो ।

एक वर्षको अवधिमा बैंकको वितरणयोग्य नाफा भने १८.०९ प्रतिशतले बढेर १ अर्ब ५६ करोड ८७ लाख ४४ हजार रुपैयाँ पुगेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर