इन्जिनियरिङतर्फको शुल्क घटाउन माग गर्दै भिसी कार्यालय अगाडि नेविसंघको होम – Nepal Press

इन्जिनियरिङतर्फको शुल्क घटाउन माग गर्दै भिसी कार्यालय अगाडि नेविसंघको होम

काठमाडौं । सत्तारुढ दल कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङतर्फको स्नातक तह अध्ययनका लागि अस्वाभाविक रूपमा शुल्क बढाइएको भन्दै विरोध गरेको छ ।

बुधवार नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आई ओ ई) ले गरेको शुल्क वृद्धि विरुद्ध र अनशनरत नेविसंघ नेता सुलभ चापागाईँको जीवन रक्षाका लागि त्रिभुवन विश्वविद्यालयको भिसी कार्यालय अगाडि होम हालेर सांकेतिक विरोध जनाएको हो ।

विरोध कार्यक्रममा बोल्दै नेविसंघका केन्द्रीय सदस्य मदन उपाध्यायले नेपाल विद्यार्थी संघले इन्जिनियरिङको आइटी सेक्टरको फीलाई घटाउनुपर्छ भनेर सन्देशमूलक आन्दोलन गरेको बताए ।

उनले केही दिन यता नेविसंघले पुलचोक क्याम्पस, प्रधानमन्त्रीको सरकारी निवास लगायतका विभिन्न ठाउँमा शुल्क वृद्धि घटाउन माग गर्दै विरोध प्रदर्शन गरिरहेको बताए । उनले त्रिभुवन विश्वविद्यालयको भिसीलाई विद्यार्थीको पक्षमा सकारात्मक रूपमा लाग्न पनि चेतनास्वरुप होम हालिएको बताए ।

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले गत भदौ ४ गते सूचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बी.ई.बी.आर्क अध्ययनका लागि शुल्क वृद्धि भएको जानकारी गराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर