अन्तिम समयमा स्थगित भयो धनगढीमा हुने भनिएको समाजवादी मोर्चाको कार्यक्रम – Nepal Press

अन्तिम समयमा स्थगित भयो धनगढीमा हुने भनिएको समाजवादी मोर्चाको कार्यक्रम

कैलाली । आज धनगढीमा हुने भनिएको समाजवादी मोर्चाको सन्देश सभा अन्तिम समयमा स्थगित भएको छ ।

सुदूरपश्चिम प्रदेशको आजको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरी आउने तयारी गरिरहेका थिए ।

अन्तिम समयमा कार्यक्रम स्थगित भएको माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिए ।

हिजो उक्त कार्यक्रम लुम्बिनी प्रदेशमा आयोजना गरिएको थियो । मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्ने तयारी गरेको हो ।

आजबाट एमसिसी परियोजना लागू गर्ने तयारी छ । यता विप्लव नेतृत्वको माओवादीले आन्दोलन सुरु गर्दै छ ।

आजको कार्यक्रममा विप्लव नआउने भएपछि कार्यक्रम स्थगित गरिएको स्रोतको दाबी छ ।

भोलि सुर्खेतमा पनि समाजवादी मोर्चाले कार्यक्रम गर्दै छ । त्यहाँ विप्लव सहभागी हुन्छन् या उनी विना नै कार्यक्रम गरिन्छ वा सुदूरपश्चिम प्रदेशको जस्तै स्थगित हुन्छ त्यो विषयमा अझै टुङ्गो लागिसकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर