एमालेको सचिवालय बैठक सिरहाको अम्वासमा बस्दै – Nepal Press

एमालेको सचिवालय बैठक सिरहाको अम्वासमा बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज सिरहामा बस्ने भएको छ । जिल्लाको धनगढीमाई नगरपालिका–१४, सर्रे अम्वासमा बैठक बिहान ११ बजे बस्ने तय भएको हो ।

बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गरिने नेताहरुले बताएका छन् । यस्तै साथै केन्द्रीय कमिटी बैठकको मिति पनि सचिवालय बैठकले तोक्ने छ ।

अम्वासमा २०४६ मा भएको एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव चयन भएका थिए । २०४६ साल भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो । त्यही ऐतिहासिक चौथो महाधिवेशनको सम्झनामा एमालेले सो स्थानमा बैठक आयोजना गरेको हो ।

सर्रे अम्बासमा मदन भण्डारी स्मृति विद्यालय छ । त्यसैगरी मदन भण्डारी पार्क निर्माण गरेर राजनीतिक पर्यटनको विकास गर्ने, पुस्तकालय स्थापना गर्ने योजना रहेको पोलिटव्युरो सदस्य एवं सिरहा जिल्ला इन्चार्ज सुमनराज प्याकुरेलले बताए । सोही बैठकस्थलमा ऐतिहासिक राष्ट्रिय महत्व राख्ने सहिद स्तम्भको शिलान्यास गरिनेछ ।

जसमा झापा, छिन्ताङ, नख्खु जेल ब्रेक र सिरहामा सहादत प्राप्त गरेका सहिदहरुलगायत कम्युनिष्ट आन्दोलनको ७५ वर्षे इतिहासमा योगदान दिने सहिदहरुको नाम स्तम्भमा समेटिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर