सुदूरपश्चिममा दुई संसदीय समिति थप्नेबारे छलफल सुरू – Nepal Press

सुदूरपश्चिममा दुई संसदीय समिति थप्नेबारे छलफल सुरू

कैलाली । सुदूरपश्चिम प्रदेशमा थप गर्ने दुईवटा संसदीय समितिबारे छलफल सुरु भएको छ ।

नियमावली संशोधन मस्यौदा समितिले आज यस बिषयमा छलफल गरेको हो । प्रदेशसभा नियमावली १४८ मा सुदूरपश्चिम प्रदेशमा ४ समिति रहने व्यवस्था छ । ६ समिति बनाउने गरि भदौ ५ गते प्रदेश सभाले नियमावली संशोधन मस्यौदा समिति गठन गरिएको छ ।

विक्रम सिंह धामी, मानबहादुर धामी, सुरेन्द्र बहादुर पाल, खुसीराम डगौरा थारु,प्रकाश रावल, खेमा देवी विष्ट र तारा प्रसाद जोशी सदस्य रहने गरि गठन गरिएको नियमावली संशोधन मस्यौदा समितिले केहि दिन देखी यस बिषयमा छलफल गरिरहेको छ । आज ‘सुशासन तथा मानव अधिकार’ र ‘प्राकृतिक स्रोत तथा समन्वय’ समिति गठनबारे छलफल भएको समितिका एक सदस्यले जानकारी दिए ।

यस विषयमा ठोस सहमति र निर्णय भने केहि दिन भित्रै हुने छ । आजको बैठकमा विक्रम धामी, मान बहादुर धामी, खुशीराम चौधरी र खेमा विष्ट थिए । उनीहरुले कानुन सम्बन्धी व्यक्तिहरुलाई आमन्त्रित गरेर छलफल गरेका हुन् ।

हाल प्रदेशमा अहिले सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, विधायन तथा प्रदेश मामिला गरी ४ वटा समिति छन् । शीर्ष नेताहरूबिच बालुवाटारमा भएको सहमतिअनुसार अब २ वटा समिति थप हुन लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *