कृषा चौलागाईं निर्देशित ‘ऐंचो पैंचो’को अग्रीम टिकट बुकिङ खुल्ला – Nepal Press

कृषा चौलागाईं निर्देशित ‘ऐंचो पैंचो’को अग्रीम टिकट बुकिङ खुल्ला

काठमाडौं । आगामी भदाै १४ अर्थात् जनै पूर्णिमाको अवसर पारेर बिहीबारबाट नै प्रदर्शनमा आउन लागेको सिनेमा ‘ऐंचो पैंचो’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । व्यापक प्रचार-प्रसारका बीच प्रदर्शनमा आउन लागेको सिनेमाले दर्शकको राम्रो साथ पाउने विश्वास निर्माण टीमलाई छ ।

कृषा चौलागाईंको डेव्यु निर्देशकीय सिनेमाका सार्वजनिक प्रचार सामाग्रीले दर्शकमाझ राम्रो हाइप निर्माण गरेकाले पनि राम्रो व्यापार गर्ने विश्वास सिनेमाकर्मीलाई छ । मंगलबार खुलेको सिनेमाको अग्रीम टिकट बुकिङमा पनि हलले सिनेमालाई उच्च प्राथमिकतामा राखेको देखिन्छ । अधिकांश मल्टिप्लेक्स हलले सिनेमालाई राम्रो शो उपलब्ध गराएका छन् ।

देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले आफ्ना देशभरका चेनमा अहिलेसम्म २५ शो उपलब्ध गराएको छ, भने भोलीसम्म यो शो सङ्ख्यामा केही बृद्धि हुने निश्चित छ । अहिलेसम्म बुकिङ खुलेका हलहरु मध्ये एफक्युब सिनेमाले ४ शो, वान सिनेमाज्ले ५ शो, बिएसआरले ३ शो उपलब्ध गराएका छन् ।

यो समाचार तयार पार्दाको अवस्था सम्म राजधानीमा ठुला सिनेमा हल बिग मुभिज, आईएनआई लोत्से, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज्, क्युज सिनेमाज्, सिने डि सेफ र आरके सिनेमाज्ले शो खोली सकेका छैनन् । सिनेमाको सुरुवाती शोज सङ्ख्या हेर्दा आक्रामक शो पाउने देखिन्छ । जसले पहलो दिनको ओपनिङ उच्च हुने छनक मिलेको छ ।

पूर्वी नेपालमा रमणीय स्थानमा खिएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको एक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह–निर्माताको रुपमा रहेका छन् । सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर