संस्कृतविद् गुरुङलाई नेपाल ऋषिको उपाधिसहित महासंघको वरिष्ठ सल्लाहकारमा मनोनित – Nepal Press

संस्कृतविद् गुरुङलाई नेपाल ऋषिको उपाधिसहित महासंघको वरिष्ठ सल्लाहकारमा मनोनित

काठमाडौं । विश्व हिन्दु महासंघले संस्कृतविद् डा। जगमान गुरुङलाई नेपाल ऋषिको उपाधिसहित महासंघको वरिष्ठ सल्लाहकारमा मनोनित गरेको छ । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि विश्व हिन्दु महासंघको चुनौती विषयक प्रवचन गोष्ठीमा डा. गुरुङलाई उपाधीसहित सम्मान गरिएको हो ।

समाजसेवी शोभित उप्रेतीको सकृयतामा दोलखाको चरणावती त्रिवेणीधाम विकास प्रवर्धन संघले डा.गुरुङलाई नेपाल ऋषिकोको उपाधि प्रदान गरेको थियो । महासंघले यसलाई अनुमोदन गरेको हो ।

सम्मान ग्रहण गर्दैं डा गुरुङले ७७ बर्ष पछि पुन न्वरान गरिदिएको भन्दैं महासंघ प्रति आभार प्रकट गरे । उनले आगामी जीवन सामाजिक कल्याणमा लाग्ने बताए । ‘विश्व हिन्दु महासंघले ७७ वर्ष पछि पुन न्वारान गरिदिएको छ । अब बाँकी जीवन सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न लागाउने छु’ उनले भने ।

उनले धर्म संस्कृतिको व्याख्या विश्लेषण र सहित राष्ट्रको हितका लागि लाग्ने बताए । डा. गुरुङले नेपालको सदभाव कायम राख्न र्याली भन्दा पनि धर्म र संस्कृतिको व्याख्या गर्ने बेला आएको बताए। नेपाल अध्यात्मिक केन्द्रको रुपमा विश्वमा परिचत भएको भन्दैं त्यसको अध्ययनमा लागउन सुझाव दिए ।

कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष एवम् सांसद पशुपति शमसेर जबराले माता सीता र वुद्धको देश भएको भन्दै नेपालको सदभावलाई कसैले खलल पुर्याउन नसक्ने बताए । धार्मिक रुपमा एकता भौगोलीक रुपमा विविदता भएको स्वर्ग भुमिका ठूला दलले भष्ट्राचार घुस खोरीले दुसीत पार्न खोजेको भन्दैं आक्रोश व्यक्त गरे । । उनले भने,‘मेरै कलिकस्स भनौं ठूला पार्टीले भष्ट्राचार र घुस खोरीले दुशीत बनाएका छन् । तर माता सिता र वुद्धको देशमा जती गरेपनि यहाँको सदभाव खलल गर्न सक्दैन ।‘’

सोही कार्यक्रममा विश्व हिन्दु महासंघका उपाध्यक्ष एवम पूर्वमन्त्री दिनबन्धु अर्यालले नेपाललमा धार्मिक सहिष्णुतामा खलल पुर्याउने प्रयत्न भएको भन्दै त्यसलाई रोक्न सबै लाग्नुपर्ने धारणा राखे । रानमा भएको गौ हत्या र मन्दिर अघि चर्च निर्माण भएको विषय उल्लेख गर्दैं गोरु काटेर खानेले माफी गर्नुपर्ने बताए।

उनले भने,‘गोरु काटेर खानेले माफी नमागी माफी दिन सकिदैँन, पहिला उनीहरुले माफी माग्नुपर्छ । धर्मको प्रतिकको रुपमा रहेको गोरु काटेर खानेको कडा प्रतिवाद गर्नु पर्छ । ’ नेपाललाई धर्म निरपेक्ष घोषणा गर्न अनेकौ राजनीतिक खेल भएको भन्दै विश्व हिन्दु महासंघले हिन्दु राष्ट्रका लागि लाग्नेलाई सहयोग गर्ने प्रतिवद्दता समेत जनाए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *