लगातार गिरावटसँगै शेयर बजारमा कारोबार रकम पनि घट्दै – Nepal Press

लगातार गिरावटसँगै शेयर बजारमा कारोबार रकम पनि घट्दै

काठमाडौं । साताको पहिलो दिन आइतबारबाटै दोहोरो अंकले घट्दै गएको शेयर बजार आज सामान्य अंकले घटेको छ ।

मंगलबार नेप्से परिसूचक ५.०५ अंकले घटेर १९९३.४२ बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ४० लाख ६ हजार ७३९ कित्ताको खरिदबिक्री हुँदा ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँको कारोबार भएको छ । सेयरबजारमा भएको गिरावटसँगै कारोबार रकम पनि घट्दै गएको छ ।

आजको कारोबारमा कुथेली बुखेरी स्मल हाइड्रोपावर सकारात्मक सकिर्टका साथ शीर्ष स्थानमा रहेको छ ।

मंगलबार बजार पूँजीकराण २९ खबै ८४ अर्ब रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर