अमरेश सिंहको प्रश्न- प्रधानमन्त्रीको छोरीले राज्यका हरेक बैठकमा बस्ने अधिकार कहाँबाट पायो ? (भिडिओ) – Nepal Press

अमरेश सिंहको प्रश्न- प्रधानमन्त्रीको छोरीले राज्यका हरेक बैठकमा बस्ने अधिकार कहाँबाट पायो ? (भिडिओ)

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी गङ्गा दाहाललाई राज्यका उच्च तहका बैठकमा राखेकोप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै गणतन्त्रमा कस्तो व्यवस्थाअनुसार चल्दैछौं भन्ने प्रश्न गरे ।

उनले भने, ‘हामीले कस्तो लोकतन्त्रको अभ्यास गर्दैछौं। राजतन्त्रमा राजाको छोराछोरी भएर जन्मने बित्तिकै युवराज र युवराजनी हुन्छ। राजासँग बिहे हुने बित्तिकै बडामहारानी हुन्छ। तर, अहिलेको लोकतन्त्रमा नेताको छोराछोरी युवाराज युवराज्ञी, नेताको श्रीमती प्रधानमन्त्री छ भने महारानी, यो कुन संविधान अनुसार चलिरहेको छ।

जनताको तन्त्र हो गणतन्त्र तर नेताको शासन कसरी भयो ? नेताको छोरीले अथवा प्रधानमन्त्रीको छोरीले कहाँबाट त्यो अधिकार पाउँछ हरेक बैठकमा बस्ने ? म प्रश्न गर्न चाहन्छु हामीले कस्तो व्यवस्था गरेका छौं ? कुनै पूर्व प्रधानमन्त्रीको श्रीमती कसरी हरेक बैठकमा बस्न पाउँछन् ? अथोरिटी विथआउट अकाउन्टिबिलिटी चलेको छ, सबैभन्दा बढी खतरा त्यहाँबाट छ।

उनले अहिले गणतन्त्रलाई सबैभन्दा धेरै खतरा चार–पाँच जना नेता र तीनका सन्ताहरुबाट रहेको टिप्पणी गरे। उनले भ्रष्टाचारको काण्डको छानबिन किन अन्तिमसम्म नपुगेको भन्दै प्रश्न गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर