सञ्चारकर्मी तथा गीतकार योगीको ‘कल्ले खायो दर’ सार्वजनिक – Nepal Press

सञ्चारकर्मी तथा गीतकार योगीको ‘कल्ले खायो दर’ सार्वजनिक

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार वसन्त योगीको तीज गीत ‘कल्ले खायो दर’ सार्वजनिक भएको छ ।

योगीले शब्द संयोजन गरेको यो गीतमा लोकप्रिय गायिका अन्नु चौधरीको स्वर भरेकी छन् । गीतमा संगीत संयोजन पुष्कर सुनुवारको छ ।

गीतको भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी, करिष्मा ढकाल र कृष्णाकुमारी महतले नृत्य गरेका छन् ।

प्रशान्त मगरको निर्देशन र अजय रेग्मीको छाँयाङ्कन तथा प्रवीण भट्टको सम्पादन रहेको म्युजिक भिडियोमा पूर्ण प्याकेज देखिन्छ ।

गाउँ बस्तीमा चलनचल्ती रहेका सर्वसाधारणले बुझ्ने सहज शब्द जोडेर बनाइएको गीत नेपाली नारीहरूको भावनालाई समेटेर तयार पारिएको म्युजिक भिडियोका निर्देशक प्रशान्त मगरले बताए।

गीत र म्युजिक भिडियोमा नेपाली मौलिकता देखाउन खोजिएको निर्माताले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर