बिहानै विरुवा रोप्न पुग्छन् मेयर साम्पाङ (तस्बिरहरु) – Nepal Press

बिहानै विरुवा रोप्न पुग्छन् मेयर साम्पाङ (तस्बिरहरु)

धरान । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ हरेक दिन एकबिहानै कम्मरमा खुकुरी र हातमा खन्ती बोकेर वृक्षारोपण गर्न पुग्ने गर्दछन् ।

धरानको श्रम सांस्कृतिक पार्कमा तित्री, ओखर, अमला, निम लगायतका बोट बिरुवा बोकेर वृक्षारोपण गर्न पुगेका छन् । उनको साथमा धरानका स्थानीयहरु रमाउँदै हरेक बिहान वृक्षारोपण गर्न पुग्ने गर्दछन् ।

स्थानीयका अनुसार धरानमा अहिले सम्म करिब २५ लाख बोट बिरुवा रोपिसकेका छन ।

बिहाम ६ बजेदेखि नौ बजे सम्म स्थानीयका साथमा हर्क सम्पाङले हरेक दिन जस्तो बृक्षारोपण गर्दै आइरहेका छन । हर्क आफै कम्मरमा खुर्पेटोमा खुकुरी र हातमा खन्ती लिएर विरुवा रोप्न पुग्ने गर्दछन् ।

उनी निर्वाचित भएपछि वृक्षरोपणलाई प्राथमिकता दिँदै आए छन् । सोही कार्यलाई अहिले पनि निरन्तरता दिँदै आएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर