बीच्च-बीच्चमा ६ मा दुर्गेशको यस्तो अवतार ! – Nepal Press

बीच्च-बीच्चमा ६ मा दुर्गेशको यस्तो अवतार !

काठमाडौं । फोटोमा झट्ट हेर्दा कसैले चिन्दैन । अनुमानै गर्न गाह्रो छ । तर, उनी अरू कोही नभएर नेपाली संगीत क्षेत्रका एक चर्चित पात्र दुर्गेश थापा हुन् ।

हो, दुर्गेशले यसपालिको तिज गीतमा नयाँ प्रयोग गरेका छन् । सुपरहिट सांगीतिक सिक्वेल ‘बीच्च बीच्चमा’ को छैटौँ शृङ्खलामा उनलाई यस्तो रूपमा देख्न पाइने छ । गीत पर्सी रिलिज हुँदै छ युट्युबमा ।

गीतको नाम छ- दुर्गेश होइन, दुर्गा नाच्छे बीच्च बीच्चमा । गीतको भिडियोमा दुर्गेश तेस्रोलिंगीको रूपमा देखिने भएका हुन् । भिडिओको फर्स्ट लुकले नै दर्शकमा गीतप्रति कौतूहल पैदा गर्न सक्छ ।

यस गीतमा लिरिक्स र म्युजिक दुर्गेशको आफ्नै रहेको छ । गायनमा उनलाई सुमित्रा कोइरालाले साथ दिएकी छन् । भिडिओको निर्देशन मौसम हिमालीले गरेका छन् । प्रकाश भुजेलले भिडिओमा दुर्गेशलाई साथ दिएका छन् ।

लामो समयदेखि संगीत क्षेत्रमा संघर्षरत दुर्गेशले सन् २०१९ मा ल्याएको ‘हामी पनि नाच्नुपर्छ बीच्च बीच्चमा’ बोलको गीतबाट ख्याति कमाएका थिए । त्यसयता उनले पछाडि फर्केर हेर्नुपरेको छैन । उनका कतिपय गीत विवादित पनि छन् । तर, जति विवादित छन्, त्यति नै डिमान्डेड पनि छन् उनी । हेरौँ अहिलेको नयाँ प्रयोगले उनलाई कत्तिको सफलता दिलाउने हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर