औषधि लिमिटेडको महाप्रबन्धकका लागि तीन जनाको नाम मन्त्रिपरिषद्‌मा सिफारिस – Nepal Press

औषधि लिमिटेडको महाप्रबन्धकका लागि तीन जनाको नाम मन्त्रिपरिषद्‌मा सिफारिस

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्ष पदका लागि १० जनाको उम्मेदवारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको नेपाल औषधि लिमिटेडको महाप्रवन्धकमा नियुक्तिका लागि तीन जनाको नाम मन्त्रिपरिषद्‌मा सिफारिस भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्वद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ अनुसार लिमिटेडको महाप्रबन्धक छनौटका लागि सिफारिस समितिको आइतबारको निर्णयअनुसार सबैभन्दा बढी अंक प्राप्त गर्ने तीन जनाको नाम सिफारिस भएको हो ।

जसमा बहुदरमाई नगरपालिका–४, पर्साका उमेशप्रसाद गुप्ता, गन्यापधुरा गाउँपालिका–४, डडेल्धुराका कैलाशकुमार पनेरु र महालक्ष्मी नगरपालिका–८, ललितपुरका डा।राजकुमार थापा रहेका छन् ।

महाप्रवन्धक पदका लागि नौ जनाले उम्मेदवारी दिएका थिए । जसमा तीन जना छनौट भएका बाहेक सुर्यप्रसाद उपाध्याय, लोकेन्द्रबहादुर बलायर, टेकेन्द्र पन्त, जीन पौडेल, दिपेन्द्रकुमार देव र तेजप्रसाद दुलालले पनि उम्मेदवारी दिएका थिए । उनीहरुको भदौ आठ र १० गते भएको कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्तापछि तीन जना छनौट भएका हुुन् ।

नेपाल औषधि लिमिटेडले रिक्त महाप्रवन्धक पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्धारा पदपुर्तिका लागि गत जेठ ११ गते सार्वजनिक सूचना जारी गर्दै दरखास्त आव्हान गरिएको थियो । अब बस्ने मन्त्रिपरिषद् बैठकले तीन जनामध्ये एक जना उपयुक्त उम्मेदवारलाई नेपाल औषधि लिमिटेडको महाप्रवन्धक नियुक्त गर्नेछ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्ष पदका लागि १० जनाको उम्मेदवारी

यस्तै औद्योगिक क्षेत्र व्यस्थापन लिमिटेडको अध्यक्ष पदका लागि १० जनाको उम्मेदवारी परेको छ । जसमा बाबुराम पन्त, नेपाल भूषण बैद्य, राजकुमार मण्डल, लुमकान्त भण्डारी, प्रकाश खड्का, निर्मलप्रसाद कोइराला, गोरखराज जोशी सुमी देव र ज्ञानिन्द्रबहादुर राउत रहेका छन् ।

अब १० जनामध्ये कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्तापछि तीन जनाको नाम छनौट समितिले छनौट गरेर मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नेछ ।

मन्त्रिपरिषद् बैठकले उपयुक्त एक जना उम्मेदवारलाई औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्ष नियुक्त गर्नेछ । लिमिटेडले रिक्त अध्यक्ष पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्धार पदपूर्ति गर्न गत साउने २५ गते सूचना प्रकाशित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर