जीवन परियारले गरे संसदीय सुनुवाइ समिति सभापति अस्वीकार – Nepal Press

जीवन परियारले गरे संसदीय सुनुवाइ समिति सभापति अस्वीकार

काठमाडौं । नेपाली कांग्रेस शेखर-गगन समूहका जीवन परियारले संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापति अस्वीकार गरेका छन् ।

उनले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो जानकारी गराएका हुन् । समितिमा कांग्रेसले परियारसहित ४ जनाको नाम सिफारिस गरेको थियो ।

जसमा शेखर-गगन समूहले संस्थापन पक्षसँग दुई समितिको नेतृत्व दाबी गरेको थियो । जसलाई पार्टी सभापति शेरबहादुर देउवाले दिन नमानेपछि त्यसको प्रतिक्रिया स्वरुपमा परियारले सभापति बहिष्कार गरेका हुन् ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) यो एमालेको भागमा परेको छ ।

यी दुई विशेष समितिमा नेतृत्व चयन हुन बाँकी रहेको छ ।


प्रतिक्रिया

One thought on “जीवन परियारले गरे संसदीय सुनुवाइ समिति सभापति अस्वीकार

  1. good .काँग्रेसमा सबै लेउवाका टट्टुहरू छैनन । ठिक बेठिक छुट्याउने पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर