सभापति देउवाले नभ्याउने भनेपछि कांग्रेसको प्रदेश पदाधिकारीहरुको सम्मेलन स्थगित – Nepal Press

सभापति देउवाले नभ्याउने भनेपछि कांग्रेसको प्रदेश पदाधिकारीहरुको सम्मेलन स्थगित

पोखरा । नेपाली कांग्रेसका सातै प्रदेशका पदाधिकारीहरुको सम्मेलन स्थगित भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आउन नभ्याउने बताएपछि भदौ १६ र १७ गते बोलाइएको प्रदेश पदाधिकारीहरुको सम्मेलन स्थगित गरिएको कांग्रेस गण्डकीका महामन्त्री विष्णु लामिछानेले जानकारी दिए ।

सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने तालिका थियो । तर, सभापति देउवाले समय नमिल्ने भनेपछि निर्धारित सम्मेलन स्थगित भएको हो ।

‘भर्खरै सभापतिज्यूले फोन गरेर समय नमिल्ने भन्नुभयो, हालका लागि सम्मेलन स्थगित गरिएको छ, यसै महिना गर्ने हाम्रो तयारी छ’, महामन्त्री लामिछानेले भने ।

प्रदेशले गरेका कामहरू आदानप्रदान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको थियो । सम्मेलनले प्रदेशहरूको समन्वयात्मक भूमिका बढाउने विश्वास उनीहरुको थियो । सम्मेलनमा एउटा प्रदेशबाट १० पदाधिकारीका दरले सहभागी हुने तय थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर