ईश्वर पोखरेलको गुनासो- मलाई पानी ट्यांकीमा पैसा राख्यो भनियो, मैले कुनै अनैतिक काम गरेको छैन (भिडिओ) – Nepal Press

ईश्वर पोखरेलको गुनासो- मलाई पानी ट्यांकीमा पैसा राख्यो भनियो, मैले कुनै अनैतिक काम गरेको छैन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले सामाजिक अराजकता बढेको बताएका छन् । जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै यनले पार्टी नेताहरुमाथि लागेको आरोपको पुष्टि गर्न चुनौती दिए ।

उनले भने, ‘अहिले सामाजिक अराजकताको स्थिति छ । जसलाई जे मन लागे पनि भन्दिने, हाम्रो पार्टी अध्यक्षलाई पशुपतिको जलहरी पित्तलको लगायो भनियो, हाम्रा मान्छेहरु कतिपय ठाउँमा थरर हुनुभयो । के हो यस्तो कुरा बिग्रियो कि भनेर ? हामीमाथि अनेक खालको बात लाउने कुरा भयो । त्यो पित्तलको थिएन, सुनकै थियो भनेर प्रमाणित भयो । जोख्दासमेत तलमाथि भएन ।’

उनले आफूहरुले कानूनविपरीत कुनै काम नगरेको दाबी गरे ।

नेता पोखरेलले थपे, ‘अहिले गिरिबन्धु टि स्टेटको कुरा उठाउँदैछन् । हाम्रोबारेमा अनेक खालको कुरा उठेका छन् । मेरै बारेमा कति कुरा उठेका छन् । पानी ट्यांकीमा पैसा राख्यो भनियो । यो निर्वाचनमा कुरा उठेको ओम्नी, गोकर्ण रिसोर्ट अनेक खालका कुरा छन् । तर, हामी एमालेका नेता कार्यकर्ताहरु दृढतापूर्वक उभिएर कुनै पनि चिज कानूनविपरीत, अनैतिक ढंगले काम गरेका छौं भने सजाय भोग्न तयार छौं ।’


प्रतिक्रिया

One thought on “ईश्वर पोखरेलको गुनासो- मलाई पानी ट्यांकीमा पैसा राख्यो भनियो, मैले कुनै अनैतिक काम गरेको छैन (भिडिओ)

  1. जंगली दिल्लीका दलाल र राजाको नाममा अर्बौं लुटनेले चलाएका हल्ला हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर