पत्थरीको अप्रेसन गर्ने क्रममा मृत्यु भएपछि धनगढी तनावग्रस्त – Nepal Press

पत्थरीको अप्रेसन गर्ने क्रममा मृत्यु भएपछि धनगढी तनावग्रस्त

कैलाली । पत्थरीको अप्रेसनका गर्न आएका कञ्चनपुरको बेलौरी नगरपालिका-१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै परिवारका सदस्य र स्थानीय आन्दोलित भएका छन् ।

अहिले अस्पताल अगाडि अत्तरिया-धनगढी ६ लेन सडक स्थानीयले अवरुद्ध गरेका छन् ।

पत्थरीको अप्रेसनका क्रममा चौधरीको अत्यधिक रक्तश्राव भएको थियो । चिकित्सकले मिर्गौला फाल्नु पर्ने बताएको र त्यसपछि फेरि अप्रेसन गरिएको दोस्रो पटक त्यसक्रममा उनले मृत्यु भएको राजकुमार चौधरीले बताए ।

चौधरीको दुबै मिर्गौलामा पत्थरी रहेको थियो । धनगढीस्थित स्वस्तिक मल्टिस्पिसियालिटी अस्पताल प्रालिमा शुक्रबार भर्ना गरिएका चौधरीकोको उपचारमा चिकित्सकले लापरबाहीका गरेको भन्दै मृततका आफन्तहरुले सडक अवरुद्ध गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *